६ बैशाख २०८३, आइतबार | April 19, 2026

मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास स्वीकार्य हुँदैन : शंकर पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास किमार्थ स्वीकार्य नहुने बताएका छन् ।

एमालेले आज काठमाडौं तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्म आयाजना गरेको मोटरसाइकल र्‍यालीको शुभारम्भ गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र कानुनविपरीत गतिविधि गरिरहेको बताए । महासचिव पोखरेलले यही चैत १५ गते जेजस्ता घटना घटे ती सबै कुरा आमजनताले थाहा पाउनुपर्ने बताए। उनले नेपाली जनता अब पछाडि होइन अगाडि बढ्न चाहन्छन भन्ने सन्देश दिन र्‍याली आयोजना गरिएको बताए ।

महासचिव पोखरेलले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदान सबैले स्वीकारेर सम्मान गरिरहेको तर उहाँका सबै सन्तान लायक र योग्य नभएको स्पष्ट पारे। उनले गणतन्त्र स्थापना हुनुमा दरबार हत्याकाण्ड मुख्य कारक रहेको धारणा राखे। “राजा वीरेन्द्रको वंशविनाश नेपाली जनताको कारणले होइन । दरबारभित्रको शक्ति सङघर्षकै परिमाण थियो । नारायणहिटी दरबारभित्र जनताका छोराछोरी जान पाउने स्थिति थिएन । त्यस्तो अवस्थामा राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश गर्ने काम भयो । यसले नै मुलुकमा गणतन्त्र ल्याउने काममा सहयोग गरेको हो”, पोखरेलले भने, “पूर्वराजा ज्ञानेन्द्रले दुई÷दुई पटक राजनीतिक दललाई प्रतिबन्ध लगाउने, मिडियामाथि प्रहार गर्ने र मुलुकलाई अँध्यारो युगतर्फ लैजाने धृष्टताका कारणले नै २०६२/०६३ को आन्दोलन भएको हो ।”

संविधानसभाले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको फैसलालाई कसैले पनि उल्लघङ्न गर्न नसक्ने धारणा राख्दै उनले व्यवस्था परिवर्तन गर्नेले सडकमा तमासा नदेखाएर जनताको विश्वास जितेर संसद्को दुई तिहाईमार्फत संविधान संशोधन गर्न चुनौती दिए । संसद्बाहेक अरु कुनै बाटोबाट हुने परिवर्तन नेपाली जनताका लागि स्वीकार्य नहुने पोखरेलको भनाइ थियो ।

मोटरसाइकल र्‍यालीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, राजन भट्टराई, केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेता सहभागि भएका थिए । र्‍यालीका संयोजक तथा राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले र्‍यालीमा हजारौँ जनाको सहभागिता रहेको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : ४० बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको