२१ मंसिर २०८२, आइतबार | December 8, 2025

मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास स्वीकार्य हुँदैन : शंकर पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास किमार्थ स्वीकार्य नहुने बताएका छन् ।

एमालेले आज काठमाडौं तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्म आयाजना गरेको मोटरसाइकल र्‍यालीको शुभारम्भ गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र कानुनविपरीत गतिविधि गरिरहेको बताए । महासचिव पोखरेलले यही चैत १५ गते जेजस्ता घटना घटे ती सबै कुरा आमजनताले थाहा पाउनुपर्ने बताए। उनले नेपाली जनता अब पछाडि होइन अगाडि बढ्न चाहन्छन भन्ने सन्देश दिन र्‍याली आयोजना गरिएको बताए ।

महासचिव पोखरेलले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदान सबैले स्वीकारेर सम्मान गरिरहेको तर उहाँका सबै सन्तान लायक र योग्य नभएको स्पष्ट पारे। उनले गणतन्त्र स्थापना हुनुमा दरबार हत्याकाण्ड मुख्य कारक रहेको धारणा राखे। “राजा वीरेन्द्रको वंशविनाश नेपाली जनताको कारणले होइन । दरबारभित्रको शक्ति सङघर्षकै परिमाण थियो । नारायणहिटी दरबारभित्र जनताका छोराछोरी जान पाउने स्थिति थिएन । त्यस्तो अवस्थामा राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश गर्ने काम भयो । यसले नै मुलुकमा गणतन्त्र ल्याउने काममा सहयोग गरेको हो”, पोखरेलले भने, “पूर्वराजा ज्ञानेन्द्रले दुई÷दुई पटक राजनीतिक दललाई प्रतिबन्ध लगाउने, मिडियामाथि प्रहार गर्ने र मुलुकलाई अँध्यारो युगतर्फ लैजाने धृष्टताका कारणले नै २०६२/०६३ को आन्दोलन भएको हो ।”

संविधानसभाले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको फैसलालाई कसैले पनि उल्लघङ्न गर्न नसक्ने धारणा राख्दै उनले व्यवस्था परिवर्तन गर्नेले सडकमा तमासा नदेखाएर जनताको विश्वास जितेर संसद्को दुई तिहाईमार्फत संविधान संशोधन गर्न चुनौती दिए । संसद्बाहेक अरु कुनै बाटोबाट हुने परिवर्तन नेपाली जनताका लागि स्वीकार्य नहुने पोखरेलको भनाइ थियो ।

मोटरसाइकल र्‍यालीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, राजन भट्टराई, केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेता सहभागि भएका थिए । र्‍यालीका संयोजक तथा राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले र्‍यालीमा हजारौँ जनाको सहभागिता रहेको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : ४० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब