काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको हो । सरकारले निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेका कारण त्यसविरुद्ध निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
बैठकले वैशाख ९ गते ७७ जिल्लामा विरोधसभा, धर्ना, प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। चैत १५ गते पक्राउ परेका रवीन्द्र मिश्र र धवलशमशेर राणासहितका नेताहरुलाई रिहाइ गर्न माग गर्ने निर्णय गर्दै राप्रपाले नयाँ आन्दोलनको घोषणा गरेको हो ।



















प्रतिक्रिया