३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

पत्रकार महासंघ रूपन्देहीद्वारा पत्रकार विश्वकर्मालाई आक्रमण प्रयास गर्नेमाथि कारबाही माग



बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले पत्रकार राधेश्याम विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने तस्करहरुको समूहलाई कारबाहीको माग गरेको छ । महासंघका सदस्य तथा अन्नपूर्ण मिडिया नेटवर्क (एपीवान टिभी) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रिपोर्टिङका लागि मर्चवार जाने क्रममा मायादेवी गाउँपालिका ६, मकरीमा तस्करी गरेर सामान ल्याउँदै गरेको समूहको तस्वीर र भिडियो खिच्ने क्रममा दुव्र्यवहार र आक्रमण प्रयास भएको थियो ।

महासंघका सचिव सीपी खनालले सोमबार विज्ञप्ती जारी गर्दै पत्रकार विश्वकर्मामाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘मिति २०८२ वैशाख ८ गते संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको रिपोर्टिङ गर्न जाने क्रममा विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरुको समूहले घेरा हाली सांघातिक आक्रमण गर्ने प्रयासले रुपन्देहीको सुरक्षामाथि नै प्रश्न उठाएको छ’, महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो समूहले भैरहवा-मर्चवार सडकमा भिडियो खिचिरहेका विश्वकर्माको क्यामेरा खोसेर तोडफोड गर्ने र फाइल डिलिट गर्न लगाउने कार्य प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लंघन हो भन्ने हाम्रो ठम्याइ छ । सो समूहले घेरा हालिरहेको अवस्थामा आइपुगेका प्रहरी अधिकारीले पत्रकारको जिउज्यानको रक्षा गर्नुको साटो मुकदर्शक बन्नुले पनि सुरक्षा संयन्त्रको भूमिकाप्रतिसमेत शंका उत्पन्न गराएको छ ।’

महासंघले यस घटनामा संलग्न यादवसहितको समूहलाई कानुनी कारबाही गर्न, सञ्चारकर्मीले निर्बाध रुपमा समाचार संकलन गर्ने वातावरण तयार गर्न र क्षतिग्रस्त सञ्चारसामग्रीको क्षतिपूर्तिका लागि माग समेत गरेको छ । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदासमेत मुकदर्शक बन्ने सुरक्षा संयन्त्रका अधिकारीहरुमाथि समेत अनुसन्धान गरी कानुनी कारबाही गर्न समेत नेपाल पत्रकार महासंघले माग गरेको छ ।

यस्तै, पत्रकार विश्वकर्माले तस्करी भइरहेको दृश्य क्यमेरामा कैद गरेकोमा प्रहरीकै अगाडि जवरजस्ती उक्त भिडियो डिलिट गराएका छन् । बन्धक बनाउने क्रममा तस्करहरुको समूहले साम्प्रदायिक रुपमा गालीगलौज गरी अपशब्दहरु समेत प्रयोग गरेको पत्रकार विश्वकर्माले बताए । केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरुले क्यामेरा र मिडिया हाउसको परिचय पत्र भने फिर्ता गरेका थिए । तस्करहरुले क्यामेरा खोस्नेक्रममा पत्रकार विश्वकर्माको क्यामेरा समेत टुटफुट भएको छ ।

घटनाबारे जानकारी लिँदै महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय तथा सचिव सीपी खनालले रिपोर्टिङमा रहेका पत्रकारमाथि भएको अभद्र व्यवहार प्रेस स्वतन्त्रतामाथिकै हमला भएको टिप्पणी गरे । प्रहरी अधिकारीकै अगाडि पत्रकारमाथि गरिएको व्यवहारले प्रहरी प्रशासनको भूमिका र जिम्मेवारीमा समेत शंका र प्रश्न उब्जाएको उल्लेख गरे ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ४७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र