४ पुस २०८२, शुक्रबार | December 20, 2025

अपराधिक लाभ लिन नहुने कसुरमा नेपालगन्जका उदयसिंह श्रेष्ठ पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले अपराधिक लाभ लिन नहुने कसुरमा नेपालगन्जका उदयसिंह श्रेष्ठलाई पक्राउ गरेको छ । जाहेरी दरखास्त प्राप्त भई आवश्यक कानूनी प्रक्रिया पश्चात अनुसन्धानको लागि नेपालगन्ज १० का श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ब्यवसायीबाट डर देखाई रकम माग गरेको जोहरीका आधारमा अदालतबाट पक्राउ पुर्जि लिएर श्रेष्ठलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीलले बताए । उनले जाहेरी दिने ब्यवसायीको परीचय दिन भने अस्वीकार गरे ।

ब्यवसायीक कार्य भन्दा बाहिर गएर अपराधिक लाभ लिने गरेको उजुरी परेपछि प्रहरीले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएको उनले बताए । श्रेष्ठमाथि अपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ। श्रेष्ठले ध्वनी खबर नामको मिडिया सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको