७ पुस २०८२, सोमबार | December 22, 2025

पोखराबाट विप्लवको उद्घोष- ‘अबको दशक समाजवाद र नेकपाको दशक हुनेछ’



पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अबको दशक समाजवाद र नेकपाको दशक हुने बताएका छन् । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा गण्डकी प्रदेशले पोखरामा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले देशमा चौतर्फी निराश बढिरहेका बेला नेकपाले आशाको सञ्चार गराएर अवको दशकलाई उथलपुथलको दशक बनाउने दाबी गरे ।

समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले माओवादी जनयुद्धलाई आतंककारी र लुटपाटको संज्ञा दिने पुरातनवादी शक्तिलाई को अपराधी हो नेकपाले देखाइदिने चेतावनी दिए ।

सरकार प्रति आक्रोसित विप्लवले केपी ओलीको उखान टुक्काले देशले समाधान नपाउने भन्दै यसको लागि वृहत् समाजवादी मोर्चा र ईमानदार क्रान्तिकारी एवम् प्रगतिशील शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । प्राप्त गणतन्त्रको उपलब्धिलाई बदनाम र गलत सावित गराउने विभिन्न शक्ति समुहहरु रातदिन षड्यन्त्र गरेको बताउदै विप्लवले पुरानो भुतप्रेत फर्काउने सपना नदेख्न समेत राजावादी शक्तिलाई चेतावनी दिए । अग्रगामी आन्दोलन मार्फत देशलाई नयाँ ढंगको निकास दिने बताउदै विप्लवले राजनीतिक समीकरण फेरबदल मार्फत क्रान्तिकारी उथलपुथल हुने बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य उमा भुजेलले गण्डकी प्रदेशलाई उथलपुथलको केन्द्र बनाउने दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ९ : ०१ बजे

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ