१५ माघ २०८२, बिहिबार | January 30, 2026

नेपाल बारका पूर्व उपाध्यक्ष टिकाजङ्ग सिंहको निधन



नेपालगन्ज । वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्व उपाध्यक्ष टिकाजङ्ग सिंहको निधन भएको छ । न्युरो अस्पताल नेपालगन्जमा  उपचारका क्रममा उनको ७९ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेका सिंहलाई भारतको लखनउबाट उपचार गरेर हिजो मात्र नेपालगन्ज ल्याइएको थियो । अधिवक्ता प्रल्हादबहादुर कार्कीका अनुसार मधुमेह, उच्चरक्तचापको दिर्घ रोगसँग लडिरहेका सिंहलाई पछिल्लो पटक कानको शल्यक्रिया गरेपछि स्वास्थ्य कमजोर हुँदै गएको थियो ।

खरो विचारको परिचय बनाएका सिंहलाई जनयुद्धकालमा तत्कालिन शाही नेपाली सेनाले माओवादीको आरोपमा पक्राउ गरि चरम यातना दिएको थियो । द्वद्वकालमा माओवादी निकट रहेर माओवादीहरुलाई सघाएका सिंह पछिल्लो समयभने राजनीतिबाट टाढा देखिन्थे । सामाजिक सेवा र ब्रम्हकुमारी धार्मिक कार्यमा सक्रिय सिंह नेपालगन्जका पुराना अधिवक्ता मध्यका एक हुन् । उनी रुकुमबाट बसाई सरेर नेपालगन्ज आएका हुन् ।

सिंहको परिवारका सदस्य नेपालगन्ज बाहिर रहेकाले आज उनको पार्थिव शरिरलाई घरमै राखिने र सम्भवत भोलि दाहसंस्कार गरिने अधिवक्ता कार्कीले जानकारी दिए ।

अधिवक्ता सिंहको श्रीमती र ३ छोरा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : १८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला