१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरामा खुल्यो संगीत सामाग्रीको पहिलो पसल



खजुरा । बाँकेको खजुरा क्षेत्रमै पहिलो संगीत सामाग्रीको पसलकारुपमा ईको म्युजिक संचालनमा आएको छ । स्थानीय युवा ब्यवसायी कल्याणराज श्रेष्ठले खजुरा क्षेत्रकै पहिलो संगीत सामाग्रीको पसलमारुपमा ईको म्युजिक संचालनमा ल्याएका हुन् ।

शैक्षिक क्षेत्रमा तिब्र विकास भइरहेको खजुरा क्षेत्रका विद्यालय, धार्मिक संस्था र क्लवहरुलाई लक्षित गर्दै पहिलो संगीत सामाग्रीको पसल संचालनमा ल्याइएको ब्यवसायी श्रेष्ठले बताए । यसअघि भारतको बिभिन्न शहर, काठमाडौं वा अन्यत्रबाट संगीत सामाग्री खरिद गर्न बाध्य स्थानीयलाई पसल संचालनबाट सहज भएको छ ।

पसलमा मादल, बाँँसुरी देखि आधुनिक ईलेक्ट्रोनिक गितार र ड्रम सेट सम्म राखिएका छन् । हार्मोनियम, किपेड, कङ्गो जस्ता आधुनिक संगीतका सामाग्रीपनि पसलमा उपलब्ध रहेको छ ।

पसल संचालनमा आएदेखि नै स्थानीय विद्यालयका विद्यार्थीहरुले पसलमा चासो राखेर सामाग्री खरिद गर्ने गरेको संचालक श्रेष्ठले बताए । २५ लाख लगानी रहेको पसलमा ग्राहकले अर्डर गरेका कुनैपनि संगीतका सामान उपलब्ध हुने उनले बताए । बजारिकरणका लागि स्थानीय धार्मिक भजन टोली, विद्यालय, क्लव र कला र संगीतका समुहहरुलाई आमन्त्रण गरिएको उनको भनाई छ ।

पसलको खजुराका पुराना समाजसेवी एवं संचालक श्रेष्ठका पिता शिवराज श्रेष्ठले बिधिपूर्वक पूजा गरेर शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  २ : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा