२३ भदौ २०८३, मंगलबार | September 8, 2026

खजुरामा खुल्यो संगीत सामाग्रीको पहिलो पसल



खजुरा । बाँकेको खजुरा क्षेत्रमै पहिलो संगीत सामाग्रीको पसलकारुपमा ईको म्युजिक संचालनमा आएको छ । स्थानीय युवा ब्यवसायी कल्याणराज श्रेष्ठले खजुरा क्षेत्रकै पहिलो संगीत सामाग्रीको पसलमारुपमा ईको म्युजिक संचालनमा ल्याएका हुन् ।

शैक्षिक क्षेत्रमा तिब्र विकास भइरहेको खजुरा क्षेत्रका विद्यालय, धार्मिक संस्था र क्लवहरुलाई लक्षित गर्दै पहिलो संगीत सामाग्रीको पसल संचालनमा ल्याइएको ब्यवसायी श्रेष्ठले बताए । यसअघि भारतको बिभिन्न शहर, काठमाडौं वा अन्यत्रबाट संगीत सामाग्री खरिद गर्न बाध्य स्थानीयलाई पसल संचालनबाट सहज भएको छ ।

पसलमा मादल, बाँँसुरी देखि आधुनिक ईलेक्ट्रोनिक गितार र ड्रम सेट सम्म राखिएका छन् । हार्मोनियम, किपेड, कङ्गो जस्ता आधुनिक संगीतका सामाग्रीपनि पसलमा उपलब्ध रहेको छ ।

पसल संचालनमा आएदेखि नै स्थानीय विद्यालयका विद्यार्थीहरुले पसलमा चासो राखेर सामाग्री खरिद गर्ने गरेको संचालक श्रेष्ठले बताए । २५ लाख लगानी रहेको पसलमा ग्राहकले अर्डर गरेका कुनैपनि संगीतका सामान उपलब्ध हुने उनले बताए । बजारिकरणका लागि स्थानीय धार्मिक भजन टोली, विद्यालय, क्लव र कला र संगीतका समुहहरुलाई आमन्त्रण गरिएको उनको भनाई छ ।

पसलको खजुराका पुराना समाजसेवी एवं संचालक श्रेष्ठका पिता शिवराज श्रेष्ठले बिधिपूर्वक पूजा गरेर शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  २ : ३७ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा