२४ श्रावण २०८३, आइतबार | August 9, 2026

नेसपा गंगानारायण समुह माओवादीमा समाहित



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेसपाको श्रेष्ठ समुह नेकपा माओवादी केन्द्रमा सहमाहित भएको हो ।

नेसपाको रुेष्ठ समुहलाई माओवादी केन्द्रमा सहमायोजन गर्दै श्रेष्ठलाई माओवादी केन्द्रले सचिव बनाउने निर्णय गरिएको छ । यस अगाडि डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादव नेतृत्वको नेसपाभित्र यादवले माओवादी शब्द हटाएर मात्र पार्टी एकता गर्ने अडान नछाडेपछि श्रेष्ठ पक्ष आज माओवादीमा समाहित भएको हो।

दुई पार्टीबीच ५ बुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदानसमेत भएको छ।

सहमतिका बुँदामा सहमाहित हुन बाँके नेतालाई पनि उचित जिम्मेवारी दिने उल्लेख छ। पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुने उल्लेख छ भने मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद, लेनीनिवाद माओवाद रहने जनाइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १ : ४६ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको