२४ श्रावण २०८३, आइतबार | August 9, 2026

प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने छन ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ६ : ४६ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको