७ आश्विन २०८३, बुधबार | September 23, 2026

गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित भएको बताएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए । बैठकमा राजावादीहरुका पछिल्ला गतिविधिबारे गम्भीर छलफल भएको थियो ।

संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने भनिसकेको बताउँदै महतले भने, ‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैले निर्माण गरेको संविधान हो। आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ।’ प्रवक्ता महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्ने बताए । उनले पार्टी केन्द्रीय कमिटीको बैठक छिटै बस्ने पनि जानकारी दिए ।

 

 

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १ : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज