१ पुस २०८२, मंगलबार | December 16, 2025

गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित भएको बताएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए । बैठकमा राजावादीहरुका पछिल्ला गतिविधिबारे गम्भीर छलफल भएको थियो ।

संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने भनिसकेको बताउँदै महतले भने, ‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैले निर्माण गरेको संविधान हो। आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ।’ प्रवक्ता महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्ने बताए । उनले पार्टी केन्द्रीय कमिटीको बैठक छिटै बस्ने पनि जानकारी दिए ।

 

 

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १ : ४० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको