१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’



काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अघिकारीले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान तथा त्यस्ता गन्तव्यको प्रचार प्रसार गर्नसके नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रर्दशनी अवलोकनपछि उनले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्य र सांस्कृतिक धरोहरहरूको पर्याप्त प्रचारप्रसार हुन नसकेको बताए । “पर्यटन हाम्रो अर्थतन्त्रको मुख्य आधार बन्न सक्ने सम्भावना भएको क्षेत्र हो । यद्यपि हामीले नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउने र उनीहरूको खर्च बढाउने कुरालाई ध्यान दिन सक्नुपर्नेछ”, प्राडा अधिकारीले भने ।

हिमाली पर्यटन तथा पर्यापर्यटन मात्र नभई नेपालका रैथाने रहनसहन, रैथाने स्वाद तथा परिकार, धर्म संस्कृतिबाट पनि पर्यटक भित्र्याउन सकिनेमा उनले जोड दिए । नीति निर्माण तहमा पर्यटन क्षेत्र प्राथमिकतामा परेको र त्यसबाट लाभ लिन सक्नुपर्छ भनेर सरकारले विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको पनि अधिकारीले उल्लेख गरे ।

उनले रासस तस्बिर प्रदर्शनीमा प्रचारप्रसार नभएका र ओझेलमा रहेका पर्यटकीयस्थल पनि समावेश हुँदा आन्तरिक र बाह्य दुवै पर्यटकलाई ती क्षेत्रबारे जानकारी लिन योगदान पुग्ने बताए ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हिमाल, हिमाली जनजीवन, पर्यापर्यटनजस्ता विविध पक्षको महत्व र यसको सौन्दर्यता उजागर गर्ने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताए । उनले देशका विभिन्न स्थानमा छरिएर रहेका पर्यटकीयस्थलसँगै त्यहाँ भएका पूर्वाधार विकास तथा जनजीवन बुझ्न प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गरे ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली क्षेत्रको जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ६ : २३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित