२० मंसिर २०८२, शनिबार | December 6, 2025

भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश



काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा भुटानमाथि २९८ रनको जितसहित नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

३५९ रनको चुनौती पछ्याएको भुटान ६० रनमा अलआउट भयो । नेपालका लागि विपिनप्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन खर्चेर ४ विकेद्ध लिए । त्यस्तै सुयोग भट्टराई र सचिन भट्टले २२ विके६ लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन बनायो । रौनक श्रीवास्तवले १३२ बलको सामना गर्दै १६८ रन बनाए । त्यस्तै जोए थापाले ६७ बलमा अविजित रहँदै ६१ रन बनाए । श्रीवांश बजगाईंले ५४, सुगम बुढाथोकीले ३५, प्रसिद्द जैसीले ७ तथा परिमार्जन यादवले २ रन बनाए । सन्जय दोर्जीले ३ विकेट लिए ।

यसअघि नेपालले इन्डोनेसिया, सिंगापुर र जापानलाई हराएको थियो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ०५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले