६ माघ २०८२, मंगलबार | January 20, 2026

स्वास्थ्य मन्त्रालयमा आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता



काठमाडौं । देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारले वार्ताको पहल थालेको छ। नेपाल चिकित्सक संघको नेतृत्वमा दुई दिनदेखि जारी आन्दोलन रोक्ने र चिकित्सकका मागका सन्दर्भमा हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ छलफल भएको हो ।

वार्तामा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योग मन्त्री दामोदर भण्डारी सहभागी छन् भने नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दीप तिवारी लगायतका पदाधिकारी र स्वास्थ्य सचिव डा. विकास देवकोटा पनि सहभागी छन्।

सरकारले औपचारिक रूपमा संघलाई वार्तामा बोलाएपछि संवाद सुरु भएको हो। पछिल्लो समय उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीसम्बन्धी मुद्दामा अस्पताल र चिकित्सकमाथि क्षतिपूर्ति तिराउने फैसला गरेको थियो।

जसमध्ये ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र संलग्न चिकित्सकहरूले १ करोड ४५ लाख रुपैयाँ तथा ग्रान्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरूले ५७ लाख रुपैयाँ बिरामी पक्षलाई क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो।

नेपाल चिकित्सक संघले यस्तो फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै सोमबारदेखि देशभर आकस्मिकबाहेकका सेवा बन्द गरेको हो।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ०५ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र