१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

स्वास्थ्य मन्त्रालयमा आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता



काठमाडौं । देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारले वार्ताको पहल थालेको छ। नेपाल चिकित्सक संघको नेतृत्वमा दुई दिनदेखि जारी आन्दोलन रोक्ने र चिकित्सकका मागका सन्दर्भमा हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ छलफल भएको हो ।

वार्तामा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योग मन्त्री दामोदर भण्डारी सहभागी छन् भने नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दीप तिवारी लगायतका पदाधिकारी र स्वास्थ्य सचिव डा. विकास देवकोटा पनि सहभागी छन्।

सरकारले औपचारिक रूपमा संघलाई वार्तामा बोलाएपछि संवाद सुरु भएको हो। पछिल्लो समय उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीसम्बन्धी मुद्दामा अस्पताल र चिकित्सकमाथि क्षतिपूर्ति तिराउने फैसला गरेको थियो।

जसमध्ये ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र संलग्न चिकित्सकहरूले १ करोड ४५ लाख रुपैयाँ तथा ग्रान्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरूले ५७ लाख रुपैयाँ बिरामी पक्षलाई क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो।

नेपाल चिकित्सक संघले यस्तो फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै सोमबारदेखि देशभर आकस्मिकबाहेकका सेवा बन्द गरेको हो।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ०५ बजे

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले