३१ असार २०८३, बुधबार | July 15, 2026

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो



रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङखोला खोल्ने कार्य अगाडि बढेको छ । खोलामा पानीको बहाव ठूलो मात्रामा प्रवाह भइरहेका कारण चिनियाँ पक्षले शुक्रबारदेखि विस्तारै थुनिएको पानी खोल्न थालेको हो ।

ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलालाई रोकी रसुवागढीस्थित दुई खोला मिसिएको सङ्गमस्थलमा ढुङ्गा र ठूलाठूला काठदाउरा थुप्रिएर पानी थुनिन गई ताल बनेपछि त्यसलाई क्रमिक रूपमा खोल्न थालिएको हो । तत्पश्चात् चीनतर्फ पुरिएका ३० वटा नेपाली कन्टेनर झिक्ने प्रयास भइरहेको सीमा सुरक्षा अधिकारीले जनाएका छन् । २३ गते केरुङमा सामान लोड गरी फर्केका ती कन्टेनर निर्धारित समयमा नेपाल पस्न नसक्दा गढीदेखि उत्तरतर्फको केरुङ खोलास्थित किनारको राजमार्गमा राखिएकामा ढुबानमा परेका थिए । नेपाली कन्टेनरका साथै खोलाको तटीय क्षेत्रमा रहेको चिनियाँ एक भवन पनि डुबेको बताइएको छ ।

रसुवा भन्सार कार्यालय हाताभित्रबाट बाढीले बगाएकारडुबानमा परेका ७० वटा विद्युतीय कार, छवटा ठुला ट्रक, २४ वटा कन्टेनर र क्षतिग्रस्त केही सवारीसाधनलाई सुरक्षित स्थानमा सार्ने कार्य अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : १० बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत