१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

घुस काण्डमा मुछिएका भूमिमन्त्रीको स्पष्टीकरण : योजनाबद्ध चरित्र हत्या गर्न खोजियो

अहिले राजीनामा दिन्नँ



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूलाई लक्षित गरी सार्वजनिक गरिएको अडियो र त्यसमा उठाइएका आरोपहरूलाई अस्वीकार गरेका छन्। उनले अडियो आफ्नो वा मन्त्रालयसँग कुनै सरोकार नभएको दाबी गर्दै यो प्रकरण आफूविरुद्धको योजनाबद्ध चरित्र हत्या भएको बताएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री अधिकारीले भने, “अडियोमा बोलेको भाषा, व्यक्तिहरू र विषयवस्तु न मेरो हो न मन्त्रालयको। मैले बोलेको हो कि होइन, अडियोले आफैं स्पष्ट गर्छ।” उनले प्रमाणविना फैलाइएका हल्लाका आधारमा आफूलाई बदनाम गरिन खोजिएको दाबी गरे।

मन्त्री अधिकारीले अडियोको सत्यता पुष्टि नभै हल्लामात्रैका भरमा आफ्नोको इज्जत र छविमा आँच पुर्‍याउने काम गरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफू निर्दोष रहेको र सत्य छानबिनमा सबै कुरा प्रस्ट हुने विश्वास व्यक्त गरे ।

उनले आफुले राजीनामा नदिने बताए । पत्रकार सम्मेलनमा उनले भने, “भोलि मन्त्रिपरिषद् पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ ।”

हालै सार्वजनिक भएको अडियोमा पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ गरेर दर्ता गराउन ३२ लाख रुपैयाँ घूस दिइएको दाबी गरिएको छ। अडियो अनुसार एमाले निकट स्थानीय नेता र बिचौलिया सुजन लामामार्फत उक्त रकम मन्त्री अधिकारीले आफ्नै सरकारी निवासमा बुझेका थिए।

अडियोमा लामाले मन्त्रीका छोरा मनोज अधिकारी, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेललगायतको संलग्नता रहेको बताएका छन्। बिचौलिया लामाले सचिव पोखरेलले पाँच लाख रुपैयाँ घूस लिएको उल्लेख गर्दै अन्य खर्चसहित करिब डेढ करोड रुपैयाँ ‘सेटिङ’ प्रक्रियामा लागेको दाबी गरेका छन्।

अडियोमा बिचौलिया लामाको भनाइ अनुसार, मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत पैसा मन्त्रीसम्म पुर्‍याइएको थियो। उनले भनेका छन्, “रामचन्द्रलाई जेब्राको झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर टिपेर। रामचन्द्रले त्यो पैसा मन्त्रीको क्वार्टरमा बुझाए। म आफैं बाइकमा थिएँ, उसलाई भित्र पठाएँ, म बाहिर थिएँ। पछि उसले मन्त्रीको क्वार्टरबाट फर्कियो।”

उक्त प्रकरणमा मुछिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भने पहिले नै राजीनामा दिइसकेका छन्। हाल उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सम्हालेकी छन्।

 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ४ : ४३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित