बुटवल । रुपन्देहीको भैरहवाबाट मध्यदिउँसै मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले चारी गरेको मोटरसाइकल सहित पक्राउ गरेको छ । साउन २ गते सिद्धार्थनगर नगरपालिका वडा नं.५ पवन मिष्ठान भण्डार अगाडी पार्किङ गरिएको लु ५६ प ८०३२ नम्बरको मोटरसार्इकल चोरी गर्ने तीजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही रोहिणी गाउँपालिका वडा नं. २ का २५ वर्षिय अमरनाथ गुप्ता, रोहीणी ५ का २० वर्षिय कलिम अन्सारी र सोही गाँउपालिका ३ का १८ वर्षिय राम सतिश गुप्ता रहेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ३ दरखसवाका नवराज यादवको मोटरसाइकल चोरीसम्बन्धि उजुरीका आधारमा खोजतलास गर्ने क्रममा रोहिणी गाउँपालिका वडा नं. २ बाट मोटरसाइकल सहित तीनै जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।


















प्रतिक्रिया