२२ चैत्र २०८२, आइतबार | April 6, 2026

भैरहवाबाट मोटरसाईकल चोरी गर्ने ३ जना मोटरसाईकलसहित पक्राउ



बुटवल । रुपन्देहीको भैरहवाबाट मध्यदिउँसै मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले चारी गरेको मोटरसाइकल सहित पक्राउ गरेको छ । साउन २ गते सिद्धार्थनगर नगरपालिका वडा नं.५ पवन मिष्ठान भण्डार अगाडी पार्किङ गरिएको लु ५६ प ८०३२ नम्बरको मोटरसार्इकल चोरी गर्ने तीजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही रोहिणी गाउँपालिका वडा नं. २ का २५ वर्षिय अमरनाथ गुप्ता, रोहीणी ५ का २० वर्षिय कलिम अन्सारी र सोही गाँउपालिका ३ का १८ वर्षिय राम सतिश गुप्ता रहेका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नं. ३ दरखसवाका नवराज यादवको मोटरसाइकल चोरीसम्बन्धि उजुरीका आधारमा खोजतलास गर्ने क्रममा रोहिणी गाउँपालिका वडा नं. २ बाट मोटरसाइकल सहित तीनै जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ३८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको