२० माघ २०८२, मंगलबार | February 3, 2026

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा लक्ष्यको ९७ दशमलव आठ प्रतिशत राजस्व सङ्कलन



बुटवल । आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१/८२ मा करिब रु १३ अर्ब राजस्व सङ्कलन गरेको छ । गत आवमा रु १३ अर्ब २७ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु १२ अर्ब ९८ करोड अर्थात् लक्ष्यको ९७ दशमलव आठ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए ।

कार्यालयका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा राजस्व सङ्कलन रु दुई अर्ब ३५ करोड अर्थात् २५ दशमलव सात प्रतिशतले बढेको छ । कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असारमा लक्ष्यअनुसार राजस्व सङ्कलन गरेको प्रमुख पोख्रेलले बताए ।

कार्यालयले गत आवमा आयकरतर्फ रु एक अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ८६ करोड आठ लाख र अन्तःशुल्कबापत रु नौ अर्ब एक करोड ५६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तः शुल्कतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रु एक अर्ब ९५ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

यस्तै, आयकरतर्फ रु ३७ करोड र मूल्य अभिवृद्धि करतर्फ रु २९ करोडले राजस्व बढेको छ ।

प्रमुख पोखरेलले अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढेकाले राजस्व सङ्कलन बढेको हो । उहाँले सरकारले राजस्व दाखिलालगायतका भुक्तानीमा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको बताए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रुपन्देहीका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा नं ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका वडा नं ५, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका गाउँपालिका पर्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ५० बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको