८ माघ २०८२, बिहिबार | January 22, 2026

सुनसरीमा १७ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद



धरान । सुनसरीमा भन्सार छली गरी ल्याइएको रु १७ लाखभन्दा बढी मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले तीन छुट्टाछुट्टै स्थानमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको रु १७ लाख ५० हजार ८०५ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता, किराना सामग्री र चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

आज बिहान सुनसरीको गढी गाउँपालिका–२, औरावनी, इनरुवा नगरपालिका–४ हनुमानचोकस्थित पूर्वपश्चिम लोकमार्ग, दुहबी नगरपालिका–११ नहरचोकलगायतका ठाउँमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका क्रममा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका छन् । को।१९ प।९०९२ ग्ल्यामर, को ३ प १२० होन्डा साइन, प्रदेश १–०२–०३६ प ३६०८ आरटिआर अपाचे र प्रदेश।१–०२–०५४ प।६७८३आरटिआर अपाचेमोटरसाइकल बरामद गरिएको छ ।

मोटरसाइकल र बरामद भन्सार छली सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १ : २५ बजे

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप