काठमाडौं । सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ जना सदस्य एकैपटक वेपत्ता भएका छन् ।
गोलन्जोर–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी क्षेत्रमा बसोबास गर्दै आएका उर्मिला हायुको परिवारका १६ जना सदस्य एकैपटक वेपत्ता भएका हुन् ।
सोमबार बिहानदेखि परिवारका सबै सदस्य हराएको जानकारी स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दिएका थिए ।
हायुको परिवारको घरमा सामान्य क्षति पुगेको देखिएको छ भने घरमा रहेका बाख्रा, कुखुरा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सम्पूर्ण परिवार एकैपटक बेपत्ता भएकोले गाउँमा त्रासको वातावरण छाएको छ। प्रहरी प्रशासनले खोजी अभियान तीव्र पारेको छ भने परिवारको अवस्थाबारे यथाशीघ्र जानकारी दिन स्थानीयवासीले आग्रह गरेका छन्।



















प्रतिक्रिया