१५ माघ २०८२, बिहिबार | January 30, 2026

नागपञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्रीले भने, ‘प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताएका छन् । मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गरेका हुन् ।

‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ’, ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नाग पञ्जमी वातावरण सन्तुलनको प्रतीकको पर्व भएको उल्लेख गरेका छन् ।  ‘आज नागपञ्चमीः पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन, यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ’, उनले भनेका छन् ।

प्रकृतिको संरक्षण गर्ने सन्देश नेपाली समाजको प्राचीन सभ्यता भएको ओलीले स्मरण गराउँदै भने,  ‘प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमी जस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ ।’

आजको दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ । ‘हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्, यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ, सबैलाई नागपञ्चमीको शुभकामना’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : ०९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला