बुटवल । रुपन्देही प्रहरीले गैरकानुनीरुपमा नेपाल भित्राईँदै गरेको बिभिन्न मूर्तिहरु बरामद गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं=११ भुजौलीबाट झण्डै चारसय थान र्मर्तिहरु प्रहरीलदे बरामद गरेको हो ।
प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज अपरान्ह रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.११ भुजौलीबाट भारतबाट नेपाल तर्फअवैध रुपमा ल्याउदै गरेको वेबारिसे अबस्थामा रहेको कृष्ण भगवानको मुर्ति ३३६ थान र बिष्णु भगवानको मुर्ति ५१ थान गरीजम्मा ३८७ थान मूर्तिहरु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद मूर्तिको अन्दाजी मूल्य १ लाख ४ हजार ६५० पर्दछ । बरावर मुर्तिहरुनियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया