२९ असार २०८३, सोमबार | July 13, 2026

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गरेका छन् ।

उनले पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको उल्लेख गर्दै पूर्वजहरूले रोपाइँ सकेर साउन १५ (खीर खाने) पर्वको सुरुवात गरेको स्मरण गरेका छन् ।

उनले लेखेका छन्- ‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ । जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ !, सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ७ : २४ बजे

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको