२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

विदेशमा दुःख गरेर कमाएको पैसा खानपानमा सक्नु दुर्भाग्यपूर्ण : श्रममन्त्री



काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट आर्जेको सीप, अनुभव र पूँजिलाई प्रभावकारी परिचालन नगरे मुलुक वैदेशिक रोजगारीको दुश्‍चक्रमा पर्ने बताएका छन्।

मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दक्षिण कोरिया, स्विजरल्याण्ड जस्ता विकसित मुलुक कुनै समय वैदेशिक रोजगारको भुमरीमा परेको स्मरण गर्दै ती देशहरु आर्थिक समृद्धिमा योगदान गर्ने क्रियाकलापमा लगानी नगरेको भए अवस्था फरक हुने उल्लेख गरे।

नेपाली युवा विदेश मात्रै गएका छैनन् फर्केका पनि छन् भन्ने तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री भण्डारीले गत सन् २०२३ र २०२४ मा १५ लाख विदेश गएका छन् भने ११ लाख फर्किएको बताए। ‘श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिलाई फरक तवरले विश्लेषण छुट्टै गर्न आवश्यक छ,’ भन्दै मन्त्री भणडारीले ‘चिन्ता नेपाली विदेश गए भनेर होइन, नेपालको अर्थतन्त्र कसरी बलियो बनाउने भन्नेमा हुनु पर्छ ।”

वैदेशिक रोजगारलाई चुनौति भन्दा पनि विदेशमा आर्जित पूँजी, सीप र ज्ञानलाई उत्पादनशील क्षेत्रमा लगाउन सकिएमा नेपाल विदेश जाने मुलुक हैन, अवसर सृजना गर्ने मुलुक बन्न सक्ने धारणा राखे।

श्रममन्त्री भण्डारीले नेपाल सरकारले हाजै निर्णय गरेको श्रम आप्रवासन नीति, २०८२ ले ठगी नियन्त्रण, सूचना प्रणालीमा सुधार र दक्ष जनशक्ति उत्पादनमा जोड दिइएको बताए। साथै, श्रमिकको सामाजिक सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वयमा सरकार सक्रिय रहेको समेत उनले उल्लेख गरे।

नागरिकलाई सेवा प्रवाहका लागि समन्वय र सहकार्य अभिबृद्धि गर्न प्रदेश र स्थानीय तहमा रहेका श्रम तथा रोजगार कार्यालय र रोजगार सेवा केन्द्रको भूमिका बढाउन लागिएको र आन्तरिक रोजगार प्रवर्द्धनका लागि महाशाखा गठन गरिएको जानकारी दिए।

विदेशमा ‘दुःख गरेर कमाएको पैसा केवल खानपानमा सकियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ” भन्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका नेपालीहरूलाई मातृभूमिको समृद्धिमा योगदान गर्न आह्वान गरे। आर्थिक र सामाजिक पुनस्एकीकरणका लागि सरकारले वातावरण निर्माण गरेको बताउँदै मन्त्री भण्डारीले भने, ‘अब विदेशको रोजगारीमा हैन, नेपालमै रोजगारीको अवसर सृजना” का लागि फरक र नविन तवरले कार्य गर्न आवश्यकता रहेको बताए।

अवको दशक आन्तरिक रोजगारीको रहेको बताउदै मन्त्री भण्डारीले थप समन्वय र सहकार्य बढाउदै समृद्ध नेपाल बनाउन सरकार लागेको बताएका छन्।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ४६ बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा