२९ मंसिर २०८२, सोमबार | December 15, 2025

तिलोत्तमाको मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा-१४ तीनधुरा, भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार, लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल बुटवलबाट भलवारीतर्फ जाँदै गर्दा सोमबार बिहान पौने ४ बजे मणिग्राममा अनियन्त्रित भई पल्टिएको थियो । गम्भीर घाइते भएका भुसाललाई उपचारका लागि क्रिमशन अस्पताल पुर्याइएकामा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

प्रहरीका अनुसार पानीका कारण सडक चिप्लिएर टायर स्लिप भई दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : ४३ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर