२४ श्रावण २०८३, आइतबार | August 9, 2026

काठमाडौं आइपुगे भारतीय विदेशसचिव विक्रम मिस्री



काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तो बोकेर मिश्री काठमाडौं आएका हुन् । उनले अहिले प्रधानमन्त्रीसँग भेट गरेर सो निम्तो बुझाउँदैछन् ।

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिस्रीले भ्रमणका दौरान नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेशसचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने बताइएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : २४ बजे

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु

हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

सुनसरी । “हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न