१० असार २०८३, बुधबार | June 24, 2026

राष्ट्रपति पौडेलसँग भारतीय विदेशसचिव मिश्रीको शिष्टाचार भेट



काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

आइतबार बिहान काठमाडौं आएका सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले भारतलाई उदाउँदो अन्तर्राष्ट्रिय शक्ति बताउँदै त्यसको सामाजिक–आर्थिक र प्राविधिक प्रगतिबाट नेपाल लाभान्वित हुँदै आएको र अझै बढी लाभ लिन चाहेको सन्देश दिएका छन्।

भारतीय पक्षले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको “छिमेक पहिलो” नीतिअनुसार नेपाल उच्च प्राथमिकतामा रहेको दोहोर्‍याएको छ । उसले समसामयिक कनेक्टिभिटी तथा विकास एजेन्डामा सहकार्य बढाउने संकेत गरेको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल यात्रा अन्तर्गत आज काठमाडौं आएका सचिव मिश्रीले कांग्रेस सभापति शेरबहादु देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र परराष्ट्रमन्त्री आरजु राणालाई पनि भेट गर्ने कार्यक्रम छ । मिश्री भोलि पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ३ : ०० बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३