५ पुस २०८२, शनिबार | December 20, 2025

अहिलेको सरकार प्रभावकारी देखिएको छ : महासचिव पोखरेल



दोधारा चाँदनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार अत्यन्त प्रभावकारी देखिएको बताएका छन । प्रेस चौतारी कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताएका हुन ।

उनले एमाले र कांग्रेसले मुख्य गरी मुलुकको सङ्कटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्काउने, मुलुकमा सुशासन कामय गर्ने र स्थायित्वको आधार तयार गर्ने उद्देश्यले सरकार बनेको बताउँदै सोही अनुरुप सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताए ।

“अघिल्लो सरकार हुने बेलासम्म राष्ट्रसेवक कर्मचारीले समयमा तलब नपाउने र निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी दिन नसक्ने अवस्थामा थियो”, महासचिव पोखरेलले भने, “वर्तमान सरकार बनेपछि आर्थिक रुपमा सबै सूचकमा अगाडि छन्, पुँजीगत खर्च बढेको छ, विदेशी मुद्राको सञ्चिती इतिहासको उच्च विन्दुमा छ र व्यापार व्यवसायमा उलेख्य वृद्धि भएको छ ।” उनले वर्तमान सरकार बनेपछि आयात र निर्यात दुवै बढेको बताए ।

उनले सामाजिक सञ्जालमा हल्ला गर्ने वित्तिकै सरकार असफल भन्न नमिल्ने बताए । त्यसैगरी उनले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सूचनाको हकलाई प्रत्याभूत गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजेको बताए ।

“लोकतन्त्रका लागि लडेका पार्टीले संविधानको हक कुण्ठित हुने कानुन बनाउँदैन त्यसमा ढुक्क हुनुस्”, महासचिव पोखरेलले भने, “सामाजिक सञ्जालले आमसञ्चार माध्यमलाई कमजोर बनाएको छ स्वतन्त्रताका नाममा अराजकता बढेको सरकारले त्यसलाई नियन्त्रण गर्न खोजेको हो ।”

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  २ : ०८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य