२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य



काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई/दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए ।

होबर्ट हरिकेन्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १ : ३९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति