७ आश्विन २०८३, बुधबार | September 23, 2026

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट



काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमै ११४ रनमा समेटिएको हो ।

नेपालको जितमा बलर नन्दन यादव नायक बने । उनले ३ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ५ विकेट हात पारे । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

होबार्टका लागि ब्राड होपले ३१, चार्ली वाकिमले २८ तथा जेन कर्टेनले २० रन योगदान गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ३३, आशिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले अविजित २५, भीम सार्कीले १८ रन जोडे । कप्तान रोहित पौडेल ९, कुशल मल्ल ६, करण केसी १ रनमा आउट भए भने नन्दन यादव १ रनमा अविजित रहे ।

हुरिकेन्सका बलरमध्ये निभिथन राधाकृष्णन र रफ म्याकमिलिनले २-२ विकेट लिए । मार्कस बेन, ग्याबी बेल र ब्रान्डली होपले १-१ विकेट हात पारे । आजको खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खराब फर्मका कारण बेन्चमा राखिएको थियो । त्यस्तै सोमपाल कामी, साहब आलम, गुल्शन झा र रुपेश सिंह पनि प्लेइङ ११ मा परेनन् ।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग, दोस्रो खेलमा शनिबार बंगलादेश एसँग र तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो । नेपालले अब भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  २ : ५४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११