२० श्रावण २०८३, बुधबार | August 5, 2026

टप एन्ड टी-२० सिरिज : आज मेलबर्न रेनेगेड्स एकेडेमीसँग भिड्दै नेपाल



काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपालले बुधबार आफ्नो पाँचौँ खेल खेल्दैछ । नेपाली समयअनुसार बिहान ११:१५ बजे नेपालले अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले अहिलेसम्म सिरिजमा खेलेका चार खेलमध्ये तीनमा पराजय र एकमा जित निकालेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले नेपाल पराजित भएको थियो । तर, चौथो खेलमा मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

११ टिम सहभागी सिरिजको अंक तालिकामा नेपाल ९औँ स्थानमा छ । आजको खेल जित्दै टिमले अग्रता लिने दबाब रहेको छ । मेलबर्नले भने तीन खेल खेल्दै दुई जित र एक हारसहित चार अंक जोडेको छ र हाल तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

नेपालले यो सिरिजको अन्तिम खेल शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ ।

नेपाली टिम:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ७ : ३९ बजे

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण