काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।
डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्यो । नेपालका लागि कुशल मल्लले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन, लोकेश बमले १६ बलमा २४ रन, भीम सार्कीले १७ रन तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन जोडे ।
बलिङतर्फ मेलबर्नका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए । हाल मेलबर्न रेनेगेड्स एकेडेमी लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङमा उत्रिएको छ ।


















प्रतिक्रिया