३ चैत्र २०८२, मंगलबार | March 18, 2026

गत वर्ष रेमिट्यान्स आप्रवाह १७ खर्ब २३ अर्ब पुग्यो



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा आएको रेमिट्यान्स आप्रवाह उल्लेखनीय वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष विप्रेषण १९.२ प्रतिशतले बढ्दै १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यो वृद्धि दर १४.५ प्रतिशत थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या पाँच लाख पाँच हजार ९५७ पुगेको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ३३ हजार ३०९ रहेको छ ।

अघिल्लो वर्ष सो संख्या क्रमशः चार लाख ६० हजार १०२ र दुई लाख ८१ हजार १९५ थियो ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ३ : ४७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड