१५ माघ २०८२, बिहिबार | January 29, 2026

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै



काठमाडौं । आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

आज अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७ औँ बैठक हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रियसभाअन्तर्गतकै ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५ औँ बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा समितिको आव २०८२/८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ६ : ३९ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।