१५ माघ २०८२, बिहिबार | January 29, 2026

संघीय संसदका दुई समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गतका दुई संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छुट्टाछुट्टै समय तालिकाअनुसार बैठक आयोजना गरेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धी संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल हुने कार्यसूची तय गरिएको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ७ : ३८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण