काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो। आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला २ हजार ५७० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।


















प्रतिक्रिया