१४ भदौ २०८३, आइतबार | August 30, 2026

जेनजी आन्दोलन देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर पोखिएको आक्रोश : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरेका कारण जेनजी आन्दोलन भएका निश्कर्ष निकालेका छन् । संबिधान दिवसको अवसरमा ओलीले जारी गरेको सन्देशमा विकास संरचनाहरूका जग बसालेको र अर्थतन्त्र तंग्रदै गएको अवस्थामा आन्दोलन भएको टिप्पणी गरेका छन् ।

उनले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका दाबी गर्दै उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेको उल्लेख गरेका छन् । आफु नेतृत्वको सरकारले सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेको पनि उनले जिकिर गरेका छन् ।

‘हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ,’ उनले लेखेका छन्, ‘विदेश जानेरआउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला ? यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ । तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।’

काजी भीम मल्लको मृत्युदण्डको इतिहसबारे चर्चा गर्दै यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ४० बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज