६ माघ २०८२, मंगलबार | January 20, 2026

कांग्रेस सभापति देउवाको टाउको र गर्धनमा चोट, टाउकोमा १२ वटा टाँका



काठमाडौं । जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भैरहेको पार्टीले जनाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएका हुन् । उनका अनुसार आक्रमणमा घाइते देउवा दम्पति दुवैको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

विश्वकर्माले भने, ‘सभापतिज्यूको टाउकोको पछाडि भागमा गम्भीर चोट छ, जसमा १२ वटा टाँका लगाइएको छ। गर्धनमा पनि चोट छ। दुवै चोट निको हुँदै गएको छ। उहाँ सामान्य बोलचाल र हिँडडुल गर्न सक्नुहुन्छ, तर उठ्दा चक्कर लाग्ने र बोल्दा असजिलो हुने भएकोले केही दिन उपचारमै रहनुहुनेछ।’

बूढानीलकण्ठस्थित निवासमा जेनजी प्रदर्शनका क्रममा भएको आक्रमणकारीले देउवाको टाउकोको पछाडि भाग र गर्धनमा प्रहार गरेका थिए । उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ। अहिले सभापति देउवा संवाद गर्न सक्ने अवस्थामा रहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको विश्वकर्माले बताए।

नेपाली सेनाले उद्धार गरी देउवा दम्पतीलाई सैनिक अस्पतालमा उपचारका लागि लगेको थियो। हाल उनीहरूको उपचार त्यहीँ भइरहेको छ।

यस्तै, आरजु राणा देउवाको स्वास्थ्यमा पनि सुधार आएको विश्वकर्माले जानकारी दिएका छन्। आक्रमणमा सिसा, रड वा धारिलो हतियार प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ३६ बजे

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको