१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

कांग्रेसका पाँच भाइको निस्कर्ष : देश संकटमा परेको बेला पार्टीलाई नै कमजोर पार्ने षड्यन्त्र हुँदैछ



काठमाडौं । नेपाली कांग्रेसका पाँच पूर्वपदाधिकारीहरुले देश गम्भीर संकटमा परेको संवेदनशील समयमा पार्टीलाई नै कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

सभापति शेरबहादुर देउवा निकट रहेका पदाधिकारीहरुले नेता प्रकाशमानसिंहको जलाइएको निवास चाक्सीबारी ठमेलमा भेला भएर यस्तो निस्कर्ष निकालेका हुन् । उनीहरु आइतबार बिहान ९ असोजमा कांग्रेस संस्थापक नेता गणेशमान सिंहको घरमा हालै भएको आगजनीको अवलोकन गर्न भन्दै भेला भएका थिए । कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशरण महत चाक्सीबारी पुगेका थिए। देउवा निकट रहेका विजय गच्छदार र गोपालमान श्रेष्ठ भने भेलामा सहभागी भएनन् ।

पाँच नेताको बैठकले देश कमजोर अवस्थामा पुगेको र लोकतन्त्र थप जोखिममा परेको निष्कर्ष निकाल्दै यस्तो अवस्थामा कांग्रेसले बलियो र एकीकृत रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ। तर, त्यसको विपरीत पार्टीलाई आन्तरिक रूपमा कमजोर पार्ने प्रयास भइरहेकोप्रति उनीहरुले असन्तुष्टी जनाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीमा नयाँ नेतृत्व आवश्यक भएको जिकिर गर्दै तत्काल विशेष महाधिवेशन या नियमित महाधिवेशनमा जोड दिँदै आएका छन् ।

चाक्सीबारी भेलापछि नेता कृष्णप्रसाद सिटौलाले भने, “अहिले देश अत्यन्तै कमजोर बनेको छ, लोकतन्त्र जोखिममा परेको छ। यतिबेला कांग्रेसको बलियो र एकताबद्ध प्रयास देशका लागि अनिवार्य छ। तर, पार्टीलाई कमजोर बनाउने खेल चलिरहेको छ, जसले लोकतन्त्र र राष्ट्र दुवैलाई क्षति पुर्‍याउन सक्छ।”

उनले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै सभापति शेरबहादुर देउवा स्वास्थ्यलाभ भएपछि केन्द्रीय समिति बैठक बोलाई पार्टीलाई एकीकृत रणनीतिबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन्। उनले थपे, “यस्तो अवस्थामा कांग्रेसलाई कमजोर पारेर लाभ उठाउने तत्त्व हाबी हुन सक्छन्। त्यसैले कांग्रेसलाई एकजुट बनाएर राष्ट्रिय संकट समाधानमा उभ्याउनु सबै कांग्रेसजनको कर्तव्य हो।”

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : १३ बजे

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण

आज मुस्लिम समुदायले इद-उल-अजाहा पर्व मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इद-उल-अजाहा)

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा