१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

दसैँतिहारको अवसरमा वर्ल्डलिंकको इन्टरनेट चलाउने ग्राहकलाई अफरै अफर



काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। दशैं र तिहारको अवसर पारेर वर्ल्डलिंक कम्युनिकेसनले विशेष अफर सार्वजनिक गरेको हो ।

वर्ल्डलिंकले घोषणा गरेको अफरमा ग्राहकहरूले इलेक्ट्रिक कार देखि विदेश भ्रमण, र होम अप्लायन्समा ४० प्रतिशतसम्म छुट जस्ता आकर्षक पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्।

ग्राहकहरूले वर्ल्डलिंकको यो अफरमा सहभागी हुनको लागि भने आफ्नो इन्टरनेट बिल खल्ती एप वा वर्ल्डलिंकको अफिसियल काउन्टर मार्फत तिर्नुपर्नेछ। अन्य माध्यमबाट गरिएको भुक्तानीमा यो अफर लागू नहुने वर्ल्डलिंकले स्पष्ट पारेको छ।

अफर अवधिभर बिल भुक्तानी गर्ने ग्राहकहरू बम्पर ड्रमा सहभागी हुनेछन्। यस ड्रबाट चयन हुने एक भाग्यशाली विजेताले वातावरणमैत्री, अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक कार हात पार्नेछन्।

वर्ल्डलिंकका अनुसार यसका अतिरिक्त, प्रत्येक हप्ता १२ भाग्यशाली जोडीलाई थाइल्यान्ड, मलेसिया, भियतनाम, सिंगापुर, र दुबई भ्रमण गर्ने अवसर प्रदान गरिनेछ। सबै भ्रमण प्याकेज वर्ल्डलिंकको तर्फबाट पूर्णरूपमा खर्च व्यहोर्ने गरिनेछ।

ग्राहकहरूले वर्ल्डलिंकको अफरअन्तर्गत सामसुङ ब्रान्डका होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन्। यसअन्तर्गत टिभी, फ्रिज, वाशिङ मेसिन लगायतका सामग्रीहरूमा छुट लागू हुनेछ।

वर्ल्डलिंकले यस अफरमार्फत आफ्ना लाखौं ग्राहकहरूप्रति आभार प्रकट गर्दै चाडपर्वको उल्लासमा थप उत्साह ल्याउने प्रयास गरेको बताएको छ। कम्पनीले देशभरका ग्राहकहरूलाई डिजिटल सेवासँगै यस्ता रिवार्ड योजना प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : ५३ बजे

१५औं महाधिवेशनको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ।

गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग

न्यायपालिकाको जनविश्वासमा गम्भीर संकट आयो : सर्वोच्च बार; संवैधानिक इजलासमा गोलाप्रथा गर्न माग

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो समय सर्वोच्च अदालतका

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित