१४ भदौ २०८३, आइतबार | August 30, 2026

हर्क साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन



काठमाडौं । धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।

असोज ७ गते आयोगमा दर्ता गरिएको निवेदनमार्फत उनले आफ्नो दलको नाम ‘श्रम संस्कृति पार्टी’ रहने जानकारी दिएका छन्। दलको अध्यक्षसमेत उनी स्वयं नै हुने उल्लेख छ।

आयोग स्रोतका अनुसार दर्ता प्रक्रियाअनुसार हाल कागजातहरू परीक्षण र रुजु गर्ने काम भइरहेको छ।

साम्पाङ धरानमा खानेपानी समस्या समाधानका लागि लामो समयदेखि चर्चामा रहँदै आएका छन् । उनले यही मुद्दामा स्वतन्त्र उम्मेदवारी दिएर मेयर पद जितेका थिए।

जेनजी आन्दोलनपछि नयाँ सरकार बन्ने क्रममा साम्पाङ काठमाडौं आएर आफुलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न पहल गरेका थिए । सुशीला कार्की प्रधानमन्त्री बनेपछि भने उनले गृहमन्त्रीको माग गरेका थिए । तर, कार्कीले उनलाई गृहमन्त्री नदिएपछि ‘मन्त्री बन्न भारतीय दूतावास धाउनुपर्ने रहेछ तर त्यो आफुले स्वीकार नगर्ने’ भन्ने अभिव्यक्ति सार्वजनिक गर्दै उनी धरान फर्किएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : २८ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो