५ चैत्र २०८२, बिहिबार | March 19, 2026

दशैँमा पनि बुटवल हस्पिटल प्रा. लि. खुला रहने, सबै स्वास्थ्य सेवा नियमित सञ्चालन हुने



बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले दशैँको बिदा अवधिभर पनि आफ्नो सम्पूर्ण स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । असोज १३ गते फूलपातीदेखि सरकारले सार्वजनिक बिदा दिए पनि हस्पिटलले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी सबै सेवा निरन्तर दिने जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालका अनुसार इमर्जेन्सी, ओपीडी, आईसीयू, एनआईसीयू, अपरेशन लगायतका सम्पूर्ण सेवा यथावत सञ्चालनमा रहनेछन् ।

सरकारबाट १०० शैयाको अनुमति प्राप्त बुटवल हस्पिटल वर्षभरि ३६५ दिन खुला रहने जनाएको छ । अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार चाडपर्वका बेला अन्य स्वास्थ्य संस्था बन्द हुँदा बिरामीले समस्या भोग्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै हस्पिटल निरन्तर सेवा दिन प्रतिबद्ध रहेको छ ।

वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठकका अनुसार प्रत्येक वर्षजस्तै यसपालि पनि चाडपर्वमा बिरामीको उपचारलाई प्राथमिकता दिइनेछ । “बिरामीको उपचार गरेर ज्यान बचाउनु नै चिकित्सकको सबैभन्दा ठूलो सन्तुष्टि हो,” उनले भने ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : ०० बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन