१४ भदौ २०८३, आइतबार | August 30, 2026

नेपाललाई डिप स्टेटको प्रयोगशाला बनाइयो : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्व र डिप स्टेटको खेलको चपेटामा परेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव पोखरेलले बैध सत्तालाई कमजोर बनाउन देशलाई ‘प्रयोगशाला’ बनाइएको दाबी गरेका हुन् ।

उनले नवयुवाहरुको भावना, चाहना र अपेक्षासँग नेपाली राजनीतिलाई जोड्न नसक्दा लोकतान्त्रिक प्रणालीप्रति विश्वास कमजोर भएको स्वीकार गरेका छन् । तर त्यसको अर्थ बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र, स्वाधीनता र स्वाभिमानलाई पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने नभएको स्पष्ट पारे ।

पोखरेलले ढिलोचाँडो मुलुक लोकतान्त्रिक जनसार्वभौम बाटोतिर फर्किने र फर्काइने विश्वास व्यक्त गर्दै एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा प्रतिबद्ध रहेको बताए । उनले नेपाली विशेषतामा आधारित समाजवाद निर्माण गर्ने दिशामा एमाले दृढतापूर्वक अघि बढ्ने पनि प्रष्ट पारेका छन् ।

पोखरेलको स्टाटस
हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ । हाम्रो देश पनि बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक वाटोवाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौ । उनीहरुको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको वाटोवाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ।
ढिलोचाडो मुलुक लोकतन्त्रको जनसार्वभौम वाटोतिर फर्कने छ र फर्काइने छ । नेकपा९एमाले० निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि वढ्न प्रतिवद्ध छ र रहनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ११ : ०९ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो