काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।
सभापति शेरबहादुर देउवा अनुपस्थित रहेको सो बैठकको अध्यक्षता अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबाट सत्ताबाहिरिन पुगेको कांग्रेसको पहिलो पटक पदाधिकारी बैठक बसेको हो ।
आजको बैठकमा हालको राजनीतिक घटनाक्रम, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका तयारी र संगठन सुदृढीकरणका लगायतका विषयमा छलफल भैरहेको बताइएको छ ।
आन्दोलनको क्रममा सभापति देउवा र उनकी पत्नी आरजु राणामाथि सांघातिक आक्रमण भएको थियो । त्यसपछि लामो समय उपचारमा रहेका देउवाले आजको बैठक बोलाएका थिए । उनी आज अनुपस्थित भए पनि २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा भने उनी सहभागी बन्नेछन् ।
जनेजी आन्दोलनपछि सबै पार्टीमा नेतृत्व हस्तान्तरणको आवाज उठिरहँदा कांग्रेसमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला समुहले नेतृत्व परिवर्तनको माग गरिरहेका छन् । उनीहरुले आगामी मंसिरभित्र विशेष महाधिवेशन आयोजना हुनुपर्ने माग राख्दै देशभर हस्ताक्षर अभियान नै चलाएका छन् । यद्यपी, संस्थापन पक्षले भने नेतृत्व हस्तान्तरण सडकबाट नहुने भन्दै विधि र प्रक्रियाबाट हुनुपर्ने बताउँदै आएको छ ।


















प्रतिक्रिया