काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि आइतबारका लागि तय गरिएको ५८ औँ सचिवालय बैठक अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण स्थगित गर्दै आजका लागि सारिएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकले पार्टीको आगामी रणनीति, कार्यक्रम र नयाँ कार्यदिशा तय गर्नेछ ।
यसअघि असोज १२ गते बसेको सचिवालय बैठकमा आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका विषयमा छलफल भएको थियो ।
पार्टीका अनुसार, एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने तय भएको छ ।


















प्रतिक्रिया