१५ माघ २०८२, बिहिबार | January 29, 2026

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक, प्रमुख दलका दोस्रो तहका नेता सहभागी



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति भवन शितल निवासमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्रीहरु र विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरु सहभागी भएका छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा, एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी भएका छन् ।

यसैगरी, एकीकृत समाजवादीबाट  राजेन्द्र पाण्डे र घनश्याम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट  डिपी अर्याल र  विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही र मिना लामा, सहभागी भएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक आह्वान गरेका थिए ।

चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलहरूबीच संवाद नभएको अवस्थामा राष्ट्रपतिले आज बैठक बोलाएका हुन् ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ५४ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण