१० असार २०८३, बुधबार | June 24, 2026

राष्ट्रपतिको आह्वान : देश, जनता र संविधान जोगाउन दलहरू चुनावमा केन्द्रित बन, सरकारले सुरक्षाको प्रत्याभूति देऊ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन आग्रह गरेका छन्।

आफुले आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका हुन् ।

उनले वर्तमान राजनीतिक अनिश्चितता र संकटको समाधान निर्वाचनमार्फत मात्रै सम्भव हुने जिकिर गरे । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा सबै दल एकमत भएर लाग्नुपर्नेमा लगातार जोड दिए । “यदि निर्वाचनबाहेक अन्य विकल्प खोज्ने प्रयास भयो भने देश थप अस्थिरतामा धकेलिन सक्छ।” राष्ट्रपतिको भनाइ उदृध गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

सरकार गठन भएको एक महिना बितिसक्दा पनि सरकारले दलहरूबीच संवाद सुरु नगरेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री, मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरूलाई राष्ट्रपतिको कार्यालयमा एकै स्थानमा बोलाएका हुन्।

राष्ट्रपतिले जेनजी पुस्ताको मागलाई बेवास्ता नगरी, ती मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै जनतामाझ विश्वसनीय सन्देश लिएर जान दलहरूलाई आग्रह गरेका थिए। उनले शान्ति–सुरक्षाको व्यवस्था गर्दै नागरिक र दलहरूमा निष्पक्ष र भयरहित निर्वाचनको विश्वास जगाउन सरकारलाई पनि सुझाव दिए ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार, पौडेलले लोकतन्त्रको रक्षा र स्थायित्वका लागि सबै दल मिलेर निर्वाचन सम्पन्न गराउनु अनिवार्य रहेको बताएका थिए ।

बैठकमा सहभागी नेताहरूले भने लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने दलहरू सधैं निर्वाचनका पक्षमा रहने बताएका थिए । तर हालको सुरक्षा अवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान सम्भव हुने विश्वास दिलाउन नसकेको उनीहरुले गुनासो गरेका थिए । सरकारले ती आशंका हटाई शान्ति–सुरक्षाको दृढ प्रत्याभूति दिलाउनुपर्नेमा उनीहरुको जोड थियो ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पनि दलहरूको सक्रिय सहभागिताबिना निर्वाचन सम्भव नहुने बताएकी थिइन । उनले जेनजी पुस्ताको असन्तुष्टिको मूल कारण बुझ्दै सकारात्मक परिवर्तन आत्मसात् गर्न सबैलाई आह्वान गर्दै सरकार स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वा उनले गरिन्।

बैठकमा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा, नेकपा एमालेका ईश्वर पोखरेल र शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल र विपीनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही र मीना लामा सहभागी थिए।

त्यसैगरी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र घनश्याम भुसाल, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा। जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति उपस्थित थिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : ०९ बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३