काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने कार्यक्रम तय भएको छ ।
आजको बैठकमा आगामी महाधिवेशनको मिति तोक्ने विषयलाई प्राथमिकता दिइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा पार्टी एकता सुदृढ गर्ने, नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका विषयमा व्यापक छलफल भइरहेको छ । यसअघि बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पनि समीक्षा गरिएको थियो ।
यस्तै, यही असोज २९ देखि ३१ गतेसम्म हुने केन्द्रीय कमिटी बैठकका तयारीसम्बन्धी विषयमा पनि सचिवालय बैठकमा छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ ।



















प्रतिक्रिया