काठमाडौं । इजराययली सेनाले (आइडिएफ)ले हमासले वेपत्ता बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जनाएको छ ।
आइडीएफका अधिकारीहरुले आज जोशीको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई उनी जीवित नरहेको औपचारिक जानकारी गराएका हुन् । सेनाले दिएको जानकारीको पुष्टि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले गरेका छन् ।
आफ्नो छोराको रिहाईका लागि दबाब बढाउन अमेरिका रहेका जोशीकी आमा र बहिनीसँग एवं तेलअभिवस्थित नेपाली राजदूतावाससँग आइडीएफका अधिकारीहरुले भिडियोमा कुराकानी गरेका थिए ।
हमासले आजबाट आफुसँग रहेका २० जीवित बन्धकहरुलाई रिहा गर्न सुरु गरेको छ । हमाससँग २० जीवित, २६ मृतक रहेका छन् । जोशीसहित अर्का एकजना वेपत्ता रहेका थिए ।
जोशीलाई हसमाले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणपछि बन्धक बनाएको थियो ।



















प्रतिक्रिया